काठमाडौं । नेकपा एमालेको एकता जोगाउन माधव नेपाल समूह र केपी ओली समूहका सांसदहरूले दबाब अभियान सुरु गरेका छन् । सिंहदरबारमा बसेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले आवश्यक परे जस्तोसुकै कदम उठाएर भए पनि पार्टी एकता गराउने दृढ संकल्प गरेका छन् ।
उनीहरुले विभाजन रोक्न संयुक्त अभियान चलाउने दुवै समूहका सांसदहरू सहमत भएका छन् । पार्टी एकताको लागि दबाब अभियान चलाउन ओली समूहका तर्फबाट कृष्णप्रसाद दाहाल, डा सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटी छन् ।
नेपाल समूहको तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा सामेल छन् । दुबै समूहले एकता दबाब अभियानलाई व्यापक बनाउने र जस्तोसुकै कदम उठाउन पनि पछि नपर्ने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, १८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा ओलीकै प्रस्ताव रोकियो, मनोनित प्रतिनिधि पनि सहमतिमै चयन हुने
एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने
एमाले महाधिवेशनअघि ओलीको ‘विधान कुप्रयोग’ : तीन महिनाअघि पारित दस्तावेज उल्ट्याउँदै पार्टी पुनः पुरानै बाटोमा
नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक भोलि दिउँसो आह्वान
एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै : के छन् एजेन्डा ?