विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो

रासस

विहीबार, ०७ साउन २०७८, १४ : ०७
विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो

मेरील्याण्ड । विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।  

चीनमा एक अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

अमेरिकामा  ३३ करोड ८० लाख २५ हजार ९५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ८९ लाख ५३ हजार ५३७ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  ।

जर्मनी ८ करोड ७१ लाख २१ हजार १२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  बेलायतमा ८ करोड ३४ लाख ९२ हजार ८३८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । 

जापान ७ करोड ३९  लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ५७ लाख ४१ हजार ५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड ४० लाख ५० हजार २२९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

इटाली  ६ करोड  ३१ लाख २३ हजार ४५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । (एएफपी)
 

प्रतिक्रिया दिनुहोस