काठमाडौं । पार्टी विवादमा घेरिएका नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन शुद्धीकरणको आवश्यकता रहेको बताएका छन् ।
पुष्पलालको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले अब पार्टी भित्र धरे अपमान सहेपनि अब अपमान सहेर नबस्ने बताए। उनले भने, ‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको हुन्न, ‘तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिँदैन।’
गलत कुरालाई सहेर बसेमा दास प्रवृत्ति मौलाउने उनले बताए। उनले भने, ‘कम्युनिष्ट दास हुन सक्दैन, अरुको अपमान गर्नेले कहिले राम्रो गर्दैन। त्यो प्रवृत्ति सबैले त्याग गर्न सक्नुपर्छ। हावादारी कुरोले केही परिवर्तन हुने वाला छैन। आन्दोलनलाई नयाँ हिसाबले लैजानुपर्छ।’
कम्युनिस्ट पार्टीको नाम र झन्डा दुरुपयोग हुन दिन नहुने हुँदै उनले नेता अहंकारी भए कि भनेर जाँच्नुपर्ने बताए । कम्युनिस्ट पार्टी बिग्रिएपछि अरुभन्दा बढी गनाउने उनले बताए । नेपालले भने, ‘नयाँ समाज निर्माण गर्ने सोचबाट अगाडि बढ्न सक्नुपर्छ। सबै कुरोको केन्द्र बिन्दु जनता नै हुन यसमा संवेदनशील हुनुपर्छ। पार्टी भित्र घाउ खटिरा छन् भने तिनले पीडा दिन्छन् तिनलाई औषधिले निको बनाउनुपर्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ साउन २०७८, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पतञ्जली जग्गा प्रकरणमा कसरी जोडिए माधव नेपाल ? विशेषमा मुद्दा लैजाने अख्तियारको तयारी
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल
राजतन्त्रको औचित्य छैन: माधव नेपाल
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल