काठमाडौं । माधव नेपाल समूहले बोलाएको स्थायी कमिटी बैठकमा नेता भीम रावल उपस्थित भएनन् । रावल बैठकमा उपस्थित नभएपछि माधव नेपाल आफैँ रावल निवास टोखा पुगेका छन् ।
सांसद पदबाट राजीनामा दिएर एमालेका दुवै पक्षसँग असहमति राखेका रावल माधव नेपालका मुख्य सहयोगी थिए । तर, नेपालले आफ्नो आग्रह नमानी शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि रावलले असन्तुष्ट भएर राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकृत भइसकेको छैन । सुदूरपश्चिम प्रदेशका १४ सांसदले रावललाई राजीनामा फिर्ता गर्न दबाब दिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ साउन २०७८, १७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै