डोरमणि किन हटे व्याक ?

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, २० : १५
डोरमणि किन हटे व्याक ?

काठमाडौं । यतिबेला बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल माधव नेपाल पक्षसँग पावर सेयरिङ गर्न तयार भएका छन् । आवश्यक परेको खण्डमा उनले मुख्यमन्त्री पद नै छोड्न तयार भएका छन् । 

मुख्यमन्त्री फेरेर भने पनि वागमती प्रदेशमा एमालेकै सरकार कायम छलफल भएको छ । यस्तो छलफलमा मुख्यमन्त्री पौडेलले माधव नेपाल पक्षसँग सावर सेयरिङ गर्न मुख्यमन्त्री पद नै छोड्न परेको खण्डमा पनि छोड्न तयार भएको बताउन थालेका छन् । 
मुख्यमन्त्री डोरमणि पौडेल आफैं पनि पावर शेयरिङ वा पद छाड्ने दुवै विकल्पमा सकारात्मक भएका छन् ।

वागमती प्रदेशमा एमालेको बहुमत छ ।  विपक्षी दलले अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला माधव नेपाल पक्षका एकजना सांसदले असहयोग गर्नासाथ डोरमणिको सरकार ढल्छ । त्यसकारण पनि डोरमणि माधव नेपाल पक्षले जस्तोसुकै प्रस्ताव ल्याए पनि मान्न तयार भएका छन् । 

केन्द्रमा विवाद भए पनि वागमतीमा अहिलेसम्म अष्टलक्ष्मी शाक्यले बजेट तथा नीति कार्यक्रम पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् । नीति कार्यक्रम पारित गरेकोमा माधव नेपालले शाक्यलाई बोलाएर असन्तुष्टी समेत जनाएका थिए । तर, शाक्यले माधव नेपाल समक्ष अडान राखिन् । मुख्यमन्त्री पौडेल र माधव नेपाल पक्षका अष्टलक्ष्मी,राजेन्द्र पाण्डे र अरुण नेपाल लगायतका नेताहरुबीच छलफल भएको थियो ।

छलफलमा पौडेलले आफू मन्त्रिपरिषद पुनर्गठन गरेर पार्टीभित्रको सन्तुलन मिलाउन पनि तयार रहेको बताएका छन् । केही दिनमै बागमतीको मुख्यमन्त्री परिवर्तन हुने राजेन्द्र पाण्डेल बताइसकेका छन् । बागमतीमा माधव र ओली दुबै पक्ष एमालेको सरकार बनाइराख्न चाहेका छन् । जसका कारण पावर सेयरिङ गर्न मुख्यमन्त्री पौडेल तयार छन् । बागमतीमा छलफलको लागि अनौपचारिक कार्यदल बनेको छ ।

कार्यदलले मुख्यमन्त्रीको पक्षबाट केशव पाण्डे र दीपक निरौला छन् भने अष्टलक्ष्मी पक्षबाट राजेन्द्र पाण्डे र अरुण नेपाल छन् । कार्यदललाई मुख्यमन्त्रीको विषयमा छलफल नगर्न भनिएको छ । यो विषयमा पार्टी अध्यक्ष केपी ओलीले भने अनुसार नै गर्ने नेताहरुले बताएका छन् ।

अहिले सरकारमा ओली पक्षका मात्र मन्त्री छन् । पौडेलले अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुसँगको छलफलमा मन्त्री परिषदमा नेपाल पक्षका मान्छे समेट्न तयार रहेको बताएका छन् । पौडेलले मुख्यमन्त्री छाडेमा माधव नेपाल पक्षका राजेन्द्र पाण्डे र अरुण नेपालमध्ये एकजना सो पदका आकांक्षी हुन् । 

प्रतिक्रिया दिनुहोस