दमक । मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा सोमबार राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।
प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते भएका थिए । ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइफलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०५ साउन २०७८, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
छाेराकाे कुटपिटबाट ६० वर्षीय बाबुकाे मृत्यु
झापा कारागारका एक कैदीको मृत्यु
सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
ट्रकमा अटो ठोकिँदा महिलाको मृत्यु