काठमाडौं । यसपालाको मनसुन केही लम्बिने भएको छ । मौसम विगत केही वर्षदेखि पछाडि धकेलिँदै जाने क्रममा यो वर्ष असोज मध्यसम्म मौसम लम्बिने सम्भावना छ ।
सोहीअनुसार यस वर्षको मनसुन लम्बिने सम्भावना बलियो बनेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । उनले भनिन्, “पछिल्लो समय मनसुनको सक्रियता बढेको बढ्यै छ, यही अवस्था दसैँअघिसम्म कायम हुनसक्ने सम्भावनालाई नकार्न मिल्दैन ।”
यो वर्ष घटस्थापना असोज २१ गते रहेको छ ।औपचारिक रूपमै दस दिनपछाडिको मितिलाई मनसुन बहिर्गमनको मितिसमेत घोषणा भइसकेको छ ।
गत वर्षसम्म सेप्टेम्बर २३ मनसुन अन्त्य हुने मितिका रूपमा गणना हुँदै आएको थियो । यस वर्षदेखि अक्टुबर २ लाई अबको दस वर्षसम्मका मनसुनको अन्तिम मिति तय गरिएको छ । अक्टुबर २ यो वर्ष असोज १६ गते पर्छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०५ साउन २०७८, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक साताभित्र देशभर मनसुन सक्रिय हुने
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन
कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
१३ दिनअगावै नेपालमा मनसुन भित्रँदै
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
५ प्रदेशमा फैलियो मनसुन, कर्णाली र सुदूरपश्चिम पुग्दै