डोजर दुर्घटनामा एकजनाको मृत्यु, २ घाईते

सफल खबर संवाददाता

सोमबार, ०४ साउन २०७८, ११ : ४९
डोजर दुर्घटनामा एकजनाको मृत्यु, २ घाईते

डोटी । अछामको मङ्गलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउद रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भइरहेको छ । 

ठाँटीबाट खाँटतर्फ गइरहेको उक्त डोजर आज कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस