प्रधानमन्त्री बनेको एक साता नबित्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत मात्रै परेको छ । १ जना तटस्थ रहे ।
सर्वाेच्च अदालतले गत असार २८ गते देउवालाई संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
धारा ७६(६) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको लिनुपर्ने प्रावधान छ । सोही प्रावधाअनुसार देउवाले आज प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिएका हुन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ साउन २०७८, २२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
मुख्यमन्त्री बानियाँले साउन २७ मा विश्वासको मत लिने