संसदको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ : सभामुख सापकोटा

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १७ : ०२
संसदको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ : सभामुख सापकोटा

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको गरिमालालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाएको बताएका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल भएको बताए ।

‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको छ’ उनले भनेका छन्, ‘प्रतिनिधि सभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको छ ।’

सभामुख सापकोटाले संसद पुनर्स्थापना हुनु गौरवपूर्ण भन्दै सबै सांसदहरुलाई बधाइ दिए । ‘यो सभाको सार्वभौम अधिकारलाई पुनः स्थापित गर्न आफ्नो तर्फबाट योगदान पु–याउने राजनीतिक दल, प्रबुद्धवर्ग, सञ्चार जगत, नागरिक समाज एवं आम जनसमुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु’ उनले भनेका छन् ।उनले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसलाका लागि सर्वोच्च अदालतलाई पनि धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस