प्रदेश २ मा माओवादी केन्द्रका मन्त्रीले शपथ लिए

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, २० : २२
प्रदेश २ मा माओवादी केन्द्रका मन्त्रीले शपथ लिए

जनकपुर । प्रदेश २ मा नेकपा माओवादी केन्द्रका मन्त्रीले शपथ लिएका छन् । केन्द्रमा रहेको गठबन्धनलाई प्रदेशमा निरन्तरता दिने क्रममा भरत साहलाई आन्तरिक मामिला र सञ्चार र सोही मन्त्रालयमा रुवी कर्णलाई राज्यमन्त्री बनाइएको छ ।

शनिबार प्रदेश प्रमुख राजेश झा (अहिराज)ले  आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा भरत साहलाई र  रुबी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले राज्यमन्त्रीमा शपथ खुवाएका हुन्।

प्रतिक्रिया दिनुहोस