लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १६ : २०
लामो दूरीको सार्वजनिक यातायात खुलाउन सिफारिस

काठमाडौं । केही सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुल्ने भउृककोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी)ले सर्तसहित लामो दूरीको सार्वजनिक यातायात खुलाउन मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

संक्रमणको परिस्थिती हेरेर लामो रुटमा चल्ने अन्तर–जिल्ला यातायातलाई खुलाउन शुक्रबार सुझावसहित सिफारिस गरिएको सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले  बताए ।

उनका अनुसार केही सर्तसहित लामो दुरीका सवारी साधन खुलाउन भनेका छौं । संक्रमण बढ्ने परिस्थिती आए पुनः यातायात बन्द गर्न सकिने भएपनि तत्कालका लागि खुलाउन भनिएको उनले जनाए । 

प्रतिक्रिया दिनुहोस