पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरूको प्रतिबद्धता

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १४ : ४४
पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरूको प्रतिबद्धता

काठमाडौं । नेकपा एमालेका नेताहरूले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । विघटित पार्टी एकता कार्य दलका सदस्यहरूले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका छन् ।

शनिबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बूँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरिएको एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिए।

पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताए ।

विघटित पार्टी एकता कार्यदलका सदस्य समेत रहेका उनले आफूहरूले आ–आफ्नो ठाउँबाट पार्टीलाई एकजुट राख्न प्रयत्नहरू जारी राख्नुपर्ने बताए । विष्टले पार्टी कार्यकर्तामा देखा परेको, अन्योलता र चिन्तालाई दूर गर्नका लागि पार्टीलाई कुनै पनि सर्तमा जोगाउन र एकतावद्ध पार्न अनौपचारिक भेटघाट गरिएको बताए ।

शुुक्रबार बसेको एमाले स्थायी समिति बैठक र संसदीय दलको बैठकले पार्टी एकताका लागि गठित कार्य दलले तयार पारेको १० बूँदे सहमति अनुुमोदन गर्दै सिर्जनात्मक र रचनात्मक ढंगले त्यसलाई कार्यान्वयन गर्दै लैजाने निर्णय गरेको थियो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू सुवाष नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल सहभागी हुनुु भएको थियो भने वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट भिम रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, भिम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस