भारतका प्रधानमन्त्री र राष्ट्रपतिबीच महत्वपूर्ण विषयमा छलफल

एजेन्सी

विहीबार, ३१ असार २०७८, २२ : ०२
भारतका प्रधानमन्त्री र राष्ट्रपतिबीच महत्वपूर्ण विषयमा छलफल

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राष्ट्रपति रामनाथ कोभिन्दसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रमममा उहाँहरूबीच महत्वपूर्ण विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।  

सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति कार्यालयले लेखेको छ, “राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा राष्ट्रपति भवनमा आज महत्वपूर्ण छलफल भएको छ ।”भारतको वर्षे अधिवेशन सुरु हुन लागेको पूर्वसन्ध्यामा उनिहरूका बीचमा भेटवार्ता भएको हो । भारतको वर्षे अधिवेशन यही जुलाई १९ देखि सुरु हुने तय भएको छ । 

भारतका राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा भएका महत्वपूर्ण छलफलका बारेमा भने विस्तृत जानकारी दिइएको छैन । यसअघि प्रधानमन्त्री मोदीले वाराणसीमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन गरेका थिए । त्यो परियोजनालाई महत्वपूर्ण परियोजना मानिएको छ । 

प्रतिक्रिया दिनुहोस