काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राष्ट्रपति रामनाथ कोभिन्दसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रमममा उहाँहरूबीच महत्वपूर्ण विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा राष्ट्रपति कार्यालयले लेखेको छ, “राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा राष्ट्रपति भवनमा आज महत्वपूर्ण छलफल भएको छ ।”भारतको वर्षे अधिवेशन सुरु हुन लागेको पूर्वसन्ध्यामा उनिहरूका बीचमा भेटवार्ता भएको हो । भारतको वर्षे अधिवेशन यही जुलाई १९ देखि सुरु हुने तय भएको छ ।
भारतका राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा भएका महत्वपूर्ण छलफलका बारेमा भने विस्तृत जानकारी दिइएको छैन । यसअघि प्रधानमन्त्री मोदीले वाराणसीमा विभिन्न विकास परियोजनाहरूको उद्घाटन गरेका थिए । त्यो परियोजनालाई महत्वपूर्ण परियोजना मानिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ३१ असार २०७८, २२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'