काठमाडौँ । नाइजेरियाले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप स्पुत्नीक भी लगाउन अनुमति दिइएको छ । आफूहरूले उत्पादन गरेको खोप लगाउन नाइजेरियाले स्वीकृति दिएको जानकारी आफूहरूलाई प्राप्त भएको रुसको खोप उत्पादक निकायले उल्लेख गरेको छ ।
खोपको विकास गरेको रुसी निकाय “रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट” ले यसरी खोप लगाउने अनुमति दिएका देशमध्ये नाइजेरिया ६८ औँ देश भएको पनि जनाएको छ ।
यसअघि अरु ६७औँ देशले रुसमा विकास गरिएको कोरोनाभाइरस विरुद्धको खोप लगाउने अनुमति दिएका थिए भने अधिकांशले प्रयोग पनि गरिसकेका छन् । स्पुतनीक भी प्रयोग गर्दै आएका देशहरूले यो खोप धेरै प्रभावकारी र विश्वसनीय भएको विवरण पठाएको पनि रुसी अधिकारीहरूले जानकारी दिएका छन् ।
विभिन्न परीक्षण तथा सर्वेक्षणहरूले पनि स्पुतनीक भीको प्रभावकारीता र विश्वसनीयता उच्च रहेको देखाएका छन् । धेरै देशमा पटक पटक परीक्षण गरेर सकारात्मक नतिजा आएपछि मात्रै यो खोप प्रयोगका लागि अनुमति दिएको हो ।
कोरोनाभाइरसको महामारी न्यूनीकरण गर्न यो खोपको ठूलो योगदान रहेको पनि रुसी अधिकारीहरूले दाबी गर्दै आएका छन् । अफ्रिकी देशहरूमध्ये सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियाले समेत स्पुतनीक भी खोप लगाउने भएपछि यो खोपका उपभोक्ताहरूको सङ्ख्या ठूलो हुने रुसी अधिकारीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ३१ असार २०७८, २१ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन