चितवनका अस्पतालमा ९ संक्रमितको मृत्यु, ३३ डिस्चार्ज

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १७ : २८
चितवनका अस्पतालमा ९ संक्रमितको मृत्यु, ३३ डिस्चार्ज

चितवन । पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना चितवनका छन् । 

भरतपुर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ४ र अन्य अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । चितवनका विभिन्न अस्पतालबाट पछिल्लो २४ घन्टामा ३३ जना डिस्चार्ज भएका छन् । 

चितवनका विभिन्न अस्पतालमा हाल १९ जना संक्रमित भेन्टिलेटरमा, ६६ जना आइसियुमा, ३८ जना एचडियुमा रहेका छन् । ८८ जना जनरल वार्डमा रहेका छन । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा १९२ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस