राष्ट्रिय जनमोर्चाको सरकारमा नजाने निर्णय

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १९ : २४
राष्ट्रिय जनमोर्चाको सरकारमा नजाने निर्णय

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ ।राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । 

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । एकमात्र सांसद दुर्गा पौडेलले काँग्रेस माओवादी जसपा गठबन्धनमा साथ दिँदै आएकी थिइन् । उनलाई सरकारमा सहभागी हुने गठबन्धनका नेताहरुले आग्रह गरेका थिए । पार्टीले सरकारमा नगई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस