राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

रासस

बुधबार, ३० असार २०७८, १६ : ०५
राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौं । एसियन कप क्वालिफायर्स र साफको तयारीमा रहेको नेपाली फुटबल टोलीमा खेलाडी संख्या घटाइएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यसअघि ५० जनालाई प्रशिक्षणमा बोलाएकोमा १४ जना खेलाडी बाहिरिएसँगै प्रशिक्षणमा अब ३६ खेलाडी रहनेछन्।

गोलकिपर विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवि पासवान, शेषेहाङ आङदाम्बे, शिषिर लेखी र सुदिल राई प्रशिक्षणबाट बाहिरिएका छन्। त्यसबाहेक चोटका कारण कतारबाट उपचार गरेर फर्किएको विक्रम लामा रिकभरीका क्रममा राष्ट्रिय टोलीसँग अभ्यास गरिरहेका छन्। यदि उनी फिट भए टोलीमा पर्न सक्नेछन्।

अभ्यासमा बाँकी ३६ खेलाडी

किरणकुमार लिम्बु, दीप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, अर्पण कार्की, आशिष लामा, अभिशेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक बिष्ट, आयुश घलान, भरत खवास, विशाल राई, दिनेश राजबंशी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, राजीव लोप्चन, रन्दीप पौडेल, रञ्जित धिमाल, रोहित चन्द, सञ्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेब गुरुङ बाकि रहेका छन । 

प्रतिक्रिया दिनुहोस