चितवनमा गैँडाको आक्रमणबाट एक महिला घाइते

रासस

बुधबार, ३० असार २०७८, १२ : ११
चितवनमा गैँडाको आक्रमणबाट एक महिला घाइते

चितवन । पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएकी छिन । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस