श्रीमान विदेशीएपछि श्रीमतीलाई यस्तो भयो...

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, ०८ : ११
श्रीमान विदेशीएपछि श्रीमतीलाई यस्तो भयो...

काठमाडौं । गीतकार तारा अधिकारीको नयाँ गीत तिम्रै लागि को  म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा इन्दिरा जोशीको स्वर छ । गीतमा संगीत हरि लम्साल र संगीत संयोजन उदयराज पौडेलको छ । अकस्टिक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो । गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा विकास लामिछाने, उषा उप्रेती, धर्मेन्द्र आचार्य, रियांशी थापा, गोविन्द काप्mले, डा. अनिल कुमार भट्ट र डा. उमा क्यालको अभिनय छ । रमेश थापाको निर्देशनमा तयार भएको भिडियोलाई शिव ढकालले छाँयांकन र नकुल खड्काले सम्पादन गरेका छन् । म्युजिक भिडियोको चन्द्र बिनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सनको काम गरिएको हो । 

गीतमा सम्पन्न परिवारकी युवतीले आप्mनो प्रेमीका लागि घर छाडेपछि उत्पन्न हुने जीवन र त्यसमा आउने उतारचढाव देखाइएको छ । भावुक गीतमा उषा र बालकलाकार रियांशीको राम्रो अभिनय छ । 

निर्देशक रमेश थापाले गीतको भाव अनुसार नै भिडियोमा कथा प्रस्तुत गरिएको बताए । उनले बिहेपछि वैदेशिक रोजगारमा श्रीमान् गएपछि श्रीमतीलाई पर्ने समस्या र समाजले हेर्ने दृष्टिकोण देखाउन खोजिएको बताउँदै यसलाई दर्शकले मन पराउने विश्वास लिए । 

विवाहपछि उमेरमै श्रीमान्ले छोडेर विदेश गएपछि श्रीमतीले महसुस गर्ने एक्लोपनको भावलाई समेटेर गीत लेखेको गीतकार तारा अधिकारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस