प्रधानमन्त्री देउवाको पहिलो निर्णय : सबै नागरिकलाई खोप

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, ०७ : ५७
प्रधानमन्त्री देउवाको पहिलो निर्णय : सबै नागरिकलाई खोप

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतभित्र सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको छ। 

सपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर देउवाले पदभार सम्हालेपछि बसेको मन्त्रिपरिषद् बैठकले असोजसम्ममा एकतिहाइ जनसंख्या र चैतसम्म सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको हो। बैठकले कानुनमन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी पनि तोकेको छ।

कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको विवरण सार्वजनिक गर्ने निर्णय गरेको जानकारी दिँदै मन्त्री कार्कीले महामारीमा फ्रन्टलाइनमा खटिएकालाई उपलब्ध गराउने भनिएको जोखिम भत्ता एक साताभित्रबाटै दिन सुरु गरिने निर्णय भएको बताए। कोरोनाका कारण थिलथिलो भएको अर्थतन्त्रलाई उकास्नका निम्ति एक हप्ताभित्र विशेष प्याकेज ल्याउने पनि उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस