माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री, पम्फा भुसाल उर्जामन्त्री बन्ने

सफल खबर संवाददाता

मंगलबार, २९ असार २०७८, १७ : ४०
माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री, पम्फा भुसाल उर्जामन्त्री बन्ने

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा आजै माओवादी केन्द्रका दुई जना मन्त्रीले सपथ लिने भएका छन् । स्रोतका अनुसार केन्द्रका दुई जनाले शेरबहादुर देउवासँग सपथ लिने भएका छन् । माओवादी केन्दका नेता जनार्दन शर्मा अर्थमन्त्री हुँदैछन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने स्रोतले जनाएको छ । 

CG Developers Tansen Cement box

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो । देउवाले आजै पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । 

प्रतिक्रिया दिनुहोस