एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक दोस्रो दिन पनि अवरोध

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १७ : २०
एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक दोस्रो दिन पनि अवरोध

पोखरा । सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरेर भ्रष्टाचार गरेको भन्दै प्रतिपक्षी नेकपा एमालेले गण्डकी प्रदेशसभा बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध गरेको छ ।

बजेटमाथिको छलफल हुनुपर्ने सोमबारको बैठकमा पनि एमालेले भ्रष्टाचारको विषयमा स्पष्ट पानुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो । अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक मंगलबारसम्म स्थगित गरे ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १६ करोड रुपैयाँ रकमान्तरको विषयमा स्पष्ट जानकारी नगराएसम्म सदन चल्न नदिने सांसद रामशरण बस्नेतले वताए ।उनले भने, ‘सरकारले गरेको बजेट रकमान्तरको फेहरिस्त नआउँदासम्म सदन अघि बढ्न सक्दैन ।’

सभामुख अधिकारीले बजेटमाथिको छलफल गर्नुपर्ने र बजेट पास नहुने अवस्था आउन सक्ने भन्दै बजेट छलफलमा भाग लिन एमालेलाई आग्रह गरे । प्रतिपक्षीेले उठाएका विषयबारे सरकारलाई बोल्न दिन पनि बैठक सञ्चलान हुन आवश्यक रहेको सभामुखले बताए ।

प्रतिक्रिया दिनुहोस