काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतको फैसलाले संविधान मिच्ने प्रवृत्तिको अन्त्य भएको बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरको आदेशबाट संविधानको संरक्षणमा योगदान पुगेको सिटौलाको भनाइ छ ।
‘सर्वोच्चले संविधानको संरक्षणमा सही व्याख्या गरेको छ । प्रधानमन्त्रीले २ पटक संसद विघटन गरेर गल्ती गर्नुभयो । राष्ट्रपतिजीले पनि गल्ती गर्नुभयो । सर्वोच्चले ती गल्तीहरू सच्याएको छ । यसबाट संविधान मिच्ने प्रवृत्तिको अन्त्य भएको छ’, सिटौलाले भने ।
उनले फैसला कार्यान्वयनबारे शंका आवश्यक नरहेको बताए । ‘कसैलाई फैसला चित्त नबुझेको होला तर सर्वोच्चको आदेश स्वीकार्नुको विकल्प छैन । कानूनी शासनको सबैले सम्मान गर्नुपर्छ’, सिटौलाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश