काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतको फैसलाले संविधान मिच्ने प्रवृत्तिको अन्त्य भएको बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्न र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरको आदेशबाट संविधानको संरक्षणमा योगदान पुगेको सिटौलाको भनाइ छ ।
‘सर्वोच्चले संविधानको संरक्षणमा सही व्याख्या गरेको छ । प्रधानमन्त्रीले २ पटक संसद विघटन गरेर गल्ती गर्नुभयो । राष्ट्रपतिजीले पनि गल्ती गर्नुभयो । सर्वोच्चले ती गल्तीहरू सच्याएको छ । यसबाट संविधान मिच्ने प्रवृत्तिको अन्त्य भएको छ’, सिटौलाले भने ।
उनले फैसला कार्यान्वयनबारे शंका आवश्यक नरहेको बताए । ‘कसैलाई फैसला चित्त नबुझेको होला तर सर्वोच्चको आदेश स्वीकार्नुको विकल्प छैन । कानूनी शासनको सबैले सम्मान गर्नुपर्छ’, सिटौलाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्च अदालत आज र भोलि आंशिक खुला
सर्वोच्च अदालतको पेशी व्यवस्थापन प्रणाली परिवर्तनको चर्चाप्रति बारको असहमति
सपना प्रधान मल्ल बसिन् १५ दिन बिदामा, सर्वोच्च अदालतभित्र नयाँ शक्ति संघर्षको संकेत
सर्वोच्चद्वारा आफ्नै नजिर बदर
बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार