काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले संविधान र व्यवस्थाको पक्षमा फैसला गरेको बताएका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई १८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश गरेपछि पौडेलले यस्तो प्रक्रिया दिएका हुन् ।
उनले भने– ‘संविधान बचाउने, परिवर्तन जोगाउने जुन अभियान हामीले चलाएका थियौं । त्यो सफल भएको छ । ७० वर्ष लगाएर लडेर ल्याएको व्यवस्था र यो संविधान सुरक्षित भएको छ । नेपालको सर्वोच्च अदालतले संविधान र व्यवस्थाको रक्षा गरेको छ ।’
पौडेलले न्यायाधीशलाई धन्यवाद र देउवालाई बधाई दिएका छन् । म सम्पूर्ण न्यायमूर्तीहरुलाई पनि धन्यवाद दिन्छु । साथै मेरो मित्र शेरबहादुर देउवाजीलाई पनि बधाई दिन्छु, पौडेलले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस