काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेपछि काँग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्दै छन् ।
देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बुढानीलकण्ठ बोलाएका छन् । काँग्रेसका शीर्ष नेता देउवा निवास पुगिसकेका छन् ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आफू देउवा निवास जान लागेको जानकारी दिए । पार्टीका नेताहरूसँगको आन्तरिक छलफलपछि देउवाले विपक्षी गठबन्धनका नेताहरूसँग आजै छलफल गर्ने खड्काले बताए ।
सर्वोच्च दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न लागिएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी