एमाले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै बस्ने

सफल खबर संवाददाता

सोमबार, २८ असार २०७८, १२ : ०८
एमाले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै बस्ने

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै बस्ने भएको छ । पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलले जुटाएको सहमति अनुमोदन गर्न नेकपा (एमाले) को स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै बस्ने भएको हो ।

दिँउसो ५ बजे बस्ने बैठकले कार्यदलले आइतबार गरेको १० बुँदे सहमति अनुमोदन गर्ने छ । बैठकअघि अध्यक्ष केपी शर्मा ओेलीले महासचिव ईश्वर पोखरेल र माधव नेपाल पक्षसँग पनि परामर्श गरेका थिए ।

कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले सहमति लगत्तै संवाददाताहरूलाई प्रतिक्रिया दिँदा आफूहरू बैठकमा सहभागी हुने बताएका थिए ।

एमालेले भोलि केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस