काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको फैसला सुनाउन सकिने विषयलाई मध्यनगर गर्दै आज सर्वोच्च अदालतपरिसरमा सुरक्षा बढाइएको छ। हेर्दाहर्दैमा राखेको यो मुद्धाको पेशी सर्वोच्चले आजलाई तोकेको छ ।
सर्वोच्च वरपर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ। फैसला आउनसक्ने सम्भावनालाई ध्यान दिदैं सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । काठमाडौंका सडकमा सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ। मुख्य सडकहरुमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बलको पनि बाक्लो उपस्थिति देखिन्छ।
फैसलासँगै कुनै अप्रिय घटना नघटोस भनेर सुरक्षा व्यवस्था कडा बनाईएको प्रहरीले जनाएको छ । गत जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। विघटका विरुद्ध परेको रिट आज पेसी चढेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस