काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी सामाजिक संजालमा व्यक्त गरेको अभिव्यक्ति प्रति नेता माधव नेपालले आपत्ती जनाएका छन् । उनले पार्टीको आन्तरिक एकतासम्बन्धमा आइतबार राति भएको सहमतिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित नहुने प्रस्ट्याएका छन् ।
कार्यदलतको सहमती पछि थापाले सामाजिक संजालमा लेखेका छन् शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३ (१२३) मात्र सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !! जय नेपाल !'
यस स्टाटसप्रति आपत्ति जनाउँदै नेता नेपालले लेखेका छन् ‘हिजो राति नेकपा (एमाले) को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।'
नेता नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आफ्नो समूहका २३ सांसदको हस्ताक्षर कायमै रहेको बताए । ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको स्पष्ट पार्दछु,'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असार २०७८, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन: माधव नेपाल
विचार मिल्नेसँग एकता गरेर जान्छौं: माधव नेपाल
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस