सहमति गरेर फुटबल हेर्न जाने सुवास नेम्वाङको दावी

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, २१ : २६
सहमति गरेर फुटबल हेर्न जाने सुवास नेम्वाङको दावी

काठमाडौं । एमाले नेता तथा ओलीपक्षीय कार्यदलका संयोजक सुवास नेम्वाङले आजै सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका छन् ।

आज युरोकप अन्तर्गत इङग्ल्याण्ड र इटालीबीचको फाइनल खेल हुँदै गर्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सिंहदबारमा बैठक जारी रहेकै बीच सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘बिहान ८ बजेनै सुखद समाचार दिन्छौं भनेका थियौं, सोखालको परिस्थति बनेन ।

सहमति गरेर हामी फुटबल हेर्न जान्छौं । त्यसकै लागि ११ घण्टा प्रयत्न जारी छ।  छलफल सकारात्मक रुपमै अघि बढिरहेको छ।  सहमति बन्नेमा म विश्वस्त छु । ’

प्रतिक्रिया दिनुहोस