कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २७ असार २०७८, ११ : ४०
कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर । वेदकोट नगरपालिका सुन्दरपुरस्थित कृषि तालिम केन्द्र परिसरबाट लागुऔषध खैरो हिरोइनका कारोवारीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार लागुऔषध खैरो हिरोइनको कारोवार गर्नका लागि पुगेका २५ वर्षीय गणेश विष्ट र २६ वर्षीय करन धामीलाई पक्राउ गरेको हो ।

दुवैको साथबाट प्रहरीले दुई ग्राम ६० मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस