काठमाडौं । मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् ।
गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको समस्या भएको हो ।
साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी परिरहेका कारण पाइप मर्मतका लागि जान नसकिएको बताएको छ ।
संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पानी परिरहेका कारण र खानेपानीको पाइप भएकै ठाउँमा पहिरो लच्किरहेका कारण मर्मत गर्न कठिनाइ भएको बताए । नगरपालिकामा मोदी गाउँपालिका वडा नं ३ देउरालीमा रहेको पातीखोला र कुश्मा– २ को केवादी खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । अहिले दुवै ठाउँमा बाढी र पहिराले समस्या भएको संस्थाका प्रबन्धक राजेन्द्र रोकाले जानकारी दिए ।
उहाँका अनुसार कुश्मा नगरका एक हजार ५६० परिवारका झण्डै २३ हजार जना अहिले खानेपानीको समस्यामा छन् । अहिले धारामा पानी नआएपछि र निरन्तर पानी परिरहेका समयमा बजारबासीले बलेनीमा पानी सङ्कलन गरी प्रयोग गर्दै आएका छन् ।
बलेनीको पानी खानका लागि उपयोगी नभए पनि अन्य प्रयोजनका लागि सङ्कलन गर्ने र खानेपानीका लागि घण्टौँ समय खर्चेर जानुपर्ने अवस्था रहेको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २६ असार २०७८, २० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३९ लाख खर्चेर लुक्सीपारमा खानेपानी आयोजना निर्माण
लामीचौरमा ४२ वर्षपछि खानेपानी सुविधा
सिमकोटमा खानेपानीको समस्या
उपत्यकामा खानेपानी वितरण गर्न बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न
कलुवापुरमा खानेपानी समस्या हट्यो
कोरलामा खानेपानी र शौचालयको अभाव