माधव नेपालको स्पष्टोक्ति : प्रचण्ड स्वास्थ्यलाभको कामना गर्न कोटेश्वर आए

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १९ : १३
माधव नेपालको स्पष्टोक्ति : प्रचण्ड स्वास्थ्यलाभको कामना गर्न कोटेश्वर आए

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेपछि राजनीति वृत्तमा नयाँ तरङ्ग छाएको छ । शनिबार एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठकले सहमति गर्ने अन्तिम तयारी गर्दागर्दै प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

प्रचण्डले माधव नेपाललाई भेट गरेपछि केपी ओली पक्षका नेताहरुले आपत्ति जनाएका थिए । ओली पक्षका नेताहरुले आपत्ति जनाएपछि माधव नेपालको सचिवालयले प्रचण्ड भेटबारे कारणसमेत खुलाएको थियो । माधव नेपालको सचिवालयले भन्यो– प्रचण्ड माधव नेपालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन आएका हुन् ।  प्रचण्डले स्वास्थ्यलाभको कामना गरेका थिए ।’ सचिवालयले माधव नेपाल र प्रचण्डबीच शनिबारको भेटमा राजनीति कुरा नभएको समेत जनाएको छ ।

एमालेभित्र अन्तिम सहमतिका लागि कार्यदलको बैठक बस्ने तयारी भइरहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार अपराह्न नेपालनिवास कोटेश्वर पुगेका थिए। नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जारी गरेको विज्ञप्तिमा नेता नेपाल केही दिनयता जनैखटिराका कारण स्वास्थ्यमा समस्या आई चिकित्सकको सल्लाह अनुसार घरमै आराम गरिरहेको उल्लेख छ। ‘आज नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर निवासमा पुगी उहाँको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।


 

प्रतिक्रिया दिनुहोस