माधव नेपाललाई भेटेर फर्केपछि कार्यदलको बैठक सिंहदरबारमा सुरु

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १६ : ५९
माधव नेपाललाई भेटेर फर्केपछि कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । माधव नेपाल पक्षका नेताहरु उनको निवासबाट फर्केपछि एमाले विवाद समाधानको लागि बनेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । माधव नेपाल पक्षका नेताहरु नेपाललाई भेट्न कोटेश्वर गएका थिए ।

माधव नेपालसँग नेताहरुले ब्रिफिङ गरेर फर्केपछि एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको हो। बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरुले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस