कांग्रेसको संस्थापन इतर समूहको बैठक सुरु

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १७ : ०३
कांग्रेसको संस्थापन इतर समूहको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको संयुक्त बैठक अनुपम फुडल्यान्डमा सुरु भएको छ । बैठकको संयोजन नेता अर्जुननरसिंह केसीले गरेका हुन् ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्ण सिटौला, डा. रामशरण महत, सुजाता कोइराला, डा. शेखर कोइराला, बलबहादुर केसी लगायतको सहभागिता रहेको छ ।

पार्टीको आगामी महाधिवेशन नजिकिँदै जाँदा संस्थापनइतरका नेताहरू संयुक्त रणनीति बनाउन जुटेका हुन् ।

प्रतिक्रिया दिनुहोस