अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरु अफगानिस्तानबाट फिर्ता भइसक्ने बताएका छन्। यसअघि उनले अमेरिकी सैनिकहरू सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने बताएका थिए।
बिहीबार बाइडेनले अहिलेका लागि अफगानिस्तानबाट जतिसक्यो छिटो फर्किनु नै राम्रो हुने बताएका हुन्। आफ्नो देश कसरी चलाउने भन्ने एक्लै निर्णय गर्ने अफगान जनताको अधिकार र जिम्मेवारी रहेको उनले बताए।
उनले आफ्नो देशको अर्को पुस्तालाई अफगानिस्तानमा युद्ध गर्न नपठाउने पनि बताए। तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनले यस्तो बताएपछि अफगानिस्तानको भविष्यलाई लिएर चासो बढेको छ।
सन् २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमा आक्रमण भएपछि अमेरिकाले सोही वर्ष अफगानिस्तानमा सेना पठाएको थियो। २० वर्षमा २ हजार ४ सय ४८ जना अमेरिकी सैनिकले अफगानिस्तानमा ज्यान गुमाएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २५ असार २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानी आक्रमणमा अफगानिस्तानका ३ खेलाडीसहित ५ जनाको मृत्यु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु