माधव नेपालको टिमभित्रै किन अनेकता ?

घनश्याम भन्छन्, १० दिन यता कुनै ठोस प्रगति छैन, गोकर्ण भन्छन्, धेरै विषय मिलिसक्यो, अब धेरै दिन लाग्दैन

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, ०९ : २०
माधव नेपालको टिमभित्रै किन अनेकता ?

काठमाडौं । एमालेभित्रको अन्तरसंर्घष सामान्य छैन् । नेकपा हुँदैदेखि प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीसँग प्रष्ट विभाजित माधव नेपाल समुह अहिले पनि ओलीसँग मिल्न सकेको छैन् । ओली पार्टीभित्रै अल्पमतमा खुम्चिदै गईरहेका बेला ओलीलाई प्राण भर्ने गरी सर्वोच्च अदालतले फागुन २३ मा नेकपाको एकता बदर गर्दै पूर्ववत पार्टी ब्यूँताईदिने निर्णय लियो ।

यो निर्णय नभएका भए यतिबेलासम्म ओली असाध्यै कमजोर अवस्थामा पुगिसकेका हुन्थे । तर अदालतको निर्णय यस्तो आईदियो, ओली फेरि शक्तिमा देखिन पुगे । बलियो पोजिसनमा देखिएका माधव नेपाल भने कमजोर हुँदै गए । ओलीले नेपाल समुहको यही अप्ठ्यारो बुझेर धेरै नै पेलेरै अगाडी जाने नीति लिए । नेपाल समुहका ब्यक्ति ब्यक्तिलाई भेटेर उनले फेरि आफुतिर तान्न अनेकन प्रलोभन देखाए । कसैलाई के, कसैलाई के पद नै बाँडे । जसका कारण नेपाल समुह पार्टीभित्रै खिँइदै गए ।

तर पनि नेपालले भने ओलीसँग संर्घष गर्ने बाटो फेरेनन् । निरन्तर उनी ओली विरुद्धको मोर्चाबन्दीमा जुटिरहे । उनी अहिले पनि संर्घषमै छन् । अब ओलीसँग कुनै न कुनै रुपमा प्याकेज सहमति गर्ने, पार्टी सञ्चालन र सरकार सम्ममा शक्तिबाँडफाँड गर्नुपर्नेमा नेपाल प्रष्ट छन् । यदि त्यसो नगर्दा ओलीले आज गर्ने सहमति उनको अप्ठ्यारो फुक्ने वित्तिकै फेरि नटेर्ने परम्परता विगत देखि नै देखिदै आएको थियो ।

नेपालले गोकर्ण, योगेशको मात्र भविश्य एमालेभित्र खोजेका छैनन् । उनले आफ्नो समुहमा रहेका सबैको सुरक्षित भविश्यको खोजी ओलीसँग खोजिरहेका छन् । त्यहीकारण उनले पावर सेयरिङको कुरा उठाईरहेका छन् । हिजो ओलीले चुनावमा टिकट जति सबै आफ्नो समुहका नेतालाई मात्र छानी छानी दिएका थिए । पार्टी कामको जिम्मेवारी पनि महत्वपूर्ण स्थानमा आफ्नै गुटकालाई मात्र दिएका थिए । नेपाल समुहका नेताहरुलाई छानीछानी जिम्मेवारीविहिन बनाउने काम ओलीले गरेका थिए ।

नेपाल समुहले ओलीलाई झट्ट विश्वास गरिहाल्न चाहेको छैन् । अहिले पनि ओलीले सर्वोच्चमा परेको प्रतिनिधीसभा विघटन सम्बन्धी मुद्दा र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि १४६ सांसद अदालत नै पुगेर गरेको हस्ताक्षरका कारण ओली अप्ठ्यारोमा छन् । अदालतले यसको बारेमा असार २८ को इजालसवाट निर्णय दिने सम्भावना अधिक छ । त्यही कारण पनि ओली २८ अगाडी नै नेपाल समुहसँग कुनै न कुनै सम्झौता गरेर नेपाल समुहलाई विपक्षी गठबन्धनबाट अलग्याउन चाहान्छ । तर नेपालले ओलीको चालवाजी राम्रैसँग बुझेका छन् । उनी ओलीसँग कोर्स करेक्सनको मागमा छन् ।

नेपाल अडानमा रहिरहदा नेपाल समुहकै कतिपय नेतालाई भने ओलीसँग मिल्ने हतारो देखिएको छ । खासगरी योगेश भटटराई, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे कुनै न कुनै उपायको खोजी गरि ओली र नेपाल मिलाउने प्रयत्नमा जुटिरहेका छन् । कार्यदलमा अनेक सहमति बनेको भन्दै प्रचारबाजीमा मात्रै छैनन, नेपाललाई नै पनि ओलीसँग मिल्न दबाब बढाईरहेका छन् । यी नेतालाई ओलीले अनेक ब्यक्तिगत आश्वासन दिएका छन् । तर नेपाल ब्यक्तिगत स्वार्थमा मात्र होइन, समुहगत हितका लागि जुटिरहेका छन् ।

‘योगेश, गोकर्णहरुका लागि आफनो मात्रै चिन्ता होला, तर माधव कमरेडले आफ्नो समुहका सबैको चिन्ता लिनुपर्नेछ, जबसम्म पार्टीमा सबै नेता कार्यकर्ता सुरक्षित हुने, न्यायका आधारमा कामको जिम्मेवारी पाउने अवस्था आउँदैन, त्यो बेलासम्म नेपालले आफ्नो अडान छोडनु न्यायसंगत हुँदैन, अहिले माधव कमरेडले उठाईरहनुभएको एजेण्डा नै त्यही हो,’ नेपाल निकटकै एक स्थायी समिति सदस्यले भने । ओलीले योगेश, गोकर्णहरुलाई सरकार आफ्नै रहिरहे मन्त्रीका आश्वासन दिने देखि आउने चुनावमा टिकटको सुनिश्चितताको बचन दिएका छन् । त्यही भएर पनि उनीहरु जे जस्तो अवस्था आएपनि अब ओलीसँग मिलेर जानुपर्ने भन्दै नेपालमाथी दवाव बढाईरहेका छन् ।

तर नेपालले गोकर्ण, योगेशको मात्र भविश्य एमालेभित्र खोजेका छैनन् । उनले आफ्नो समुहमा रहेका सबैको सुरक्षित भविश्यको खोजी ओलीसँग खोजिरहेका छन् । त्यहीकारण उनले पावर सेयरिङको कुरा उठाईरहेका छन् । हिजो ओलीले चुनावमा टिकट जति सबै आफ्नो समुहका नेतालाई मात्र छानी छानी दिएका थिए । पार्टी कामको जिम्मेवारी पनि महत्वपूर्ण स्थानमा आफ्नै गुटकालाई मात्र दिएका थिए । नेपाल समुहका नेताहरुलाई छानीछानी जिम्मेवारीविहिन बनाउने काम ओलीले गरेका थिए ।

अहिले पनि आफ्नो अप्ठ्यारो फुकाउन मात्र ओलीले एमाले मिलापको प्रलय अलापिरहेको बुझाईमा नेपाल छन् । त्यही भएर पनि उनी आफ्नो समुहका नेताहरुको सुरक्षित भविश्य पार्टीमा बनाउन नसक्दा सम्म ओलीसँग सितिमिति सम्झौता गर्न चाहेका छैनन् । नेपालको यो अडानलाई केही एकाध आफ्नो ब्यक्तिगत स्वार्थ मात्र खोजिरहेका नेपाल समुहकै योगेश , गोकर्णहरुलाई चित्त नबुझिरहेपनि अधिकाशं नेता कार्यकर्ता नेपालको  पक्षमा बलियो गरी उभिएका छन् । त्यही भएर पनि कार्यदलमा कुनै प्रगति नभएपनि ओलीसँग सम्झौतापरस्त नीति लिन खोजिरहेका गोकर्ण, सुरेन्द्रहरु विवाद मिल्ने तहमा पुगिसकेको मिथ्या प्रचारबाजी गरिरहेका छन् ।

तर बिहिबार साँझ नेपाल समुहमै रहेका घनश्याम भुषालले १० दिन यता कुनै ठोस प्रगति नभएको बताईदिएर वास्तविकता छर्लंग पारिदिएका छन् । अध्यक्ष ओली र नेता नेपाल पक्षका नेताहरूले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउँदै सहमति जुटाउन कोसिस गरिरहेका छन् । ओली र नेपाल तयार भएपछि ब्युँताइएको कार्यदलको बैठक सोमबारयता लगातार बसिरहेको छ । बुधबार र बिहीबार बिहानको बैठकपछि कार्यदल सदस्यहरूले सहमतिनजिक पुगेको र एक दुई दिनमै टुंगो लाग्ने दाबी गरेका थिए । ‘जे भइरहेको छ ठीक भइरहेको छ । छलफल सकारात्मक छ ।

यसलाई निष्कर्षमा पुर्याउने तयारीमा छौं । साँझ ७ बजे बस्ने बैठकबाट टुंगोमा पुग्ने कोसिस गर्छौं,’ बिहीबार बिहान सिंहदरबारमा बसेको बैठकपछि कार्यदल सदस्य सुवास नेम्वाङले भनेका थिए । तर साँझ कार्यदल सदस्य विष्णु पौडेल बैठकमा सहभागी नभएपछि अन्य सदस्य विषयमा प्रवेश गर्न सकेनन् ।

ओली पक्षका नेताहरुलाई सहमति हुदैछ भनेर प्रचारबाजी गर्नु रणनीतिक रुपमा उदेश्यमुलक भएपनि नेपाल पक्षकै ओलीपरस्त नेताहरु पनि त्यही दिशामा देखिन्छन् । तर नेपाल पक्षका घनश्यामले प्रष्ट अवस्थाका बारेमा बताईदिएपछि एमालेभित्रको विवाद जहाँको त्यही रहेको प्रष्ट देखाईदिएको छ । ‘विगतमा धेरैपटकको अनौपचारिक छलफलबाट केही एजेन्डा तय गरेका थियौं । तर विभिन्न कारणले १० दिनदेखि हामीले ठोस प्रगति गरेका छैनौं,’ भुसालले प्रष्टै बताईदिएका छन् । यसले पनि देखाउँछ, एमालेभित्रको विवाद जहाँको त्यही छ ।
 

प्रतिक्रिया दिनुहोस