काठमाडौं । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा निरन्तरको वर्षाले बालीमा डेढ करोडको क्षति पु¥याएको छ ।
गत जेठ ३१ गतेदेखि परेको वर्षाका कारण गाउँपालिकाको पाँच वटै वडाको बालीमा क्षति पु¥याएको हो । निरन्तरको वर्षाले बालीमा डेढ करोड रकम बराबरको क्षति पु¥याएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ लामाले बताए ।
उहाँले भन्नुभयो, “गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाले नार्पाका बालीमा डेढ करोडको क्षति पु¥याएको छ । बाली लगाएको ठाउँमा सबै पानी जलमग्न भएको छ । खेत सबै भत्किएका छन् । निर्वाहमुखी र स्थानीय व्यावसायिक रूपमा खेती लगाएका किसानको बाली निरन्तरको वर्षाले नष्ट गरिदिएको हो ।”
गाउँपालिकाको पाँच वडामध्ये सबैभन्दा नार्पाभूमि गाउँपालिका–१ नारमा अहिलेको वर्षाले बालीमा ठूलो क्षति पु¥याएको उहाँले जाकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “नार्पाको वडा नम्बर १ नारमा यो वर्षाले किसानले लगाएका कोरु, आलु र तोरी बर्वाद बनाएको छ । चक्लाबन्दी गरेर लगाएका सो बाली पानीको मात्रा अत्याधिक भएर कतै कुहिएको छ, त कतै खेत भत्किएर पुरिएको छ ।”
उहाँले भन्नुभयो , “हिमाली भेग नार्पाभूमीको मुख्य बाली भनेको कोरु हो । यहाँ कोरु राम्रोसँग उत्पादन हुन्छ । यो बाली जौँ जस्तै हो । यहाँका नागरिक धेरै जसो कोरुमा नै निर्भर हुन्छ तर लगातारको वर्षाका कारण कोरु बालीमा नै ठूलो क्षति पु¥यायो । उक्त बालीमा क्षति पुग्दा यहाँका किसान निराश भएका छन् ।” नार्पामा कोरु, आलु र तोरीलगायत तरकारी खेतीमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ असार २०७८, २० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङसहितको वर्षा पूर्वतिर सर्दै, सतर्क रहन आग्रह
काठमाडौं उपत्यकामा वर्षा
जुम्लामा वर्षा र हिमपात, किसानलाई राहत (तस्वीरहरू)
नेपालमा सौर्य गतिविधि र वर्षाको प्रवृत्तिमा समानता
वर्षाबाट ३४ राजमार्गका ८०५ स्थानमा पहिरो, अझै ३१ स्थानमा अवरोध
सुनसरीको तरहरा भारी वर्षा, सतर्कता अपनाउन आग्रह