काठमाडौं । आज बिहीवार शेयर बजार उकालो लागेको छ । चार दिन लगातार ओरालो लागेको नेप्से आज २३ दशमलव ७६ अङ्कले वृद्धि भएर दुई हजार आठ सय २४ दशमलव ८९ विन्दुमा पुगेको हो ।
आज बैंकिङ समूहको शेयर १८ अङ्कले बढेको छ, भने विकास बैंकको ८९ अङ्कले, होटलको साढे १४ अङ्कले उकालो लागेको छ । यस्तै जलविद्युतको ५२ अङ्कले, फाइनान्सको ६४ अङ्कले, माइक्रोफाइनान्स समूहको ६८ अङ्कले, जीवन बीमा समूहको ४२ अङ्कले, निर्जीवन बीमा समूहको चार अङ्कले र उत्पादन समूहको शेयर २३ अङ्कले वृद्धि भएको छ ।
आज दुई सय २३ कम्पनीका एक करोड ३१ लाख कित्ता शेयर चार अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंकको २१ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असार २०७८, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार