अफगानिस्तान । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरु विरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन ।
मारिएका सवै तालिबान लडाकू नै भएको दाबी गरिएको छ । सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइते समेत भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन ।
सुरक्षा कारबाहीपछि सरकारी सुरक्षाकर्मीहरुले क्वाला ए नाव सहर आफ्नो नियन्त्रणमा लिइएको दाबीसमेत गरेका छन् । यसअघि सो सहर तालिबान लडाकूहरुले नियन्त्रणमा लिएको घोषणा गरेका थिए ।
“क्वाला ए नाव सहरलाई सुरक्षाकर्मीहरुले बुधबार आफ्नो नियन्त्रणमा लिएका छन, त्यसअघि सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुविरुद्ध सुरक्षा कारबाही चलाएका थिए,” रक्षा मन्त्रालयद्धारा जारी वक्तव्यमा लेखिएको छ ।
पश्चिमी बद्घीस प्रान्त अन्तर्गत पर्ने त्यस ठाउँमा लामोसमयदेखि तालिवान लडाकूहरुको प्रभाव रहदै आएको मानिन्छ । अफगानिस्तानमा लामो समयदेखि आन्तरिक द्धन्द्ध चलिरहेको छ भने द्धन्द्ध अन्त्यका लागि भन्दै वार्ताको प्रयासहरु पनि भइरहेका छन् । (एएनआई)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ असार २०७८, १५ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने