हेटौंडा । मकवानपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बुधबार र बिहीबार बिहान प्रहरीले मकवानपुरबाट गाँजा बरामद गरेको हो।
हेटौडा उपमहानगरपालिका ५ बाट प्रहरीले १२० किलो ९ सय ग्राम गाँजा बिहीबार बिहान बरामद गरेको छ।
मकवानपुरका प्रहरीका अनुसार प्रदेश ३–०१–०२२च ७२३६ नम्बरको बोलेरो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको हो। यस्तै, बुधबार अपराह्न हेटौडा १५ पीपल चौताराबाट प्रहरीले बोलेरोबाट नै ५७ किलो ९ सय ग्राम गाँजा बरामद गरेको छ। ना ४ च ५०१५ नम्बरको बोलेरोबाट गाँजा बरामद गरेको हो।
बोलेरोका चालक चितवन राप्ती नगरपालिका ६ का २६ वर्षीय सञ्जय चौधरी र सोही ठाउँका ४८ वर्षीय लालजी साहलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असार २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा इजरायली सेनाद्वारा ५० प्यालेस्टिनीको हत्या
गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा
गाजामा इजरायली सेनाद्वारा ३० प्यालेस्टाइनीको हत्या
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु
गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव, राहत ढुवानीमा ढिलाइ