हेटौंडा । मकवानपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । बुधबार र बिहीबार बिहान प्रहरीले मकवानपुरबाट गाँजा बरामद गरेको हो।
हेटौडा उपमहानगरपालिका ५ बाट प्रहरीले १२० किलो ९ सय ग्राम गाँजा बिहीबार बिहान बरामद गरेको छ।
मकवानपुरका प्रहरीका अनुसार प्रदेश ३–०१–०२२च ७२३६ नम्बरको बोलेरो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको हो। यस्तै, बुधबार अपराह्न हेटौडा १५ पीपल चौताराबाट प्रहरीले बोलेरोबाट नै ५७ किलो ९ सय ग्राम गाँजा बरामद गरेको छ। ना ४ च ५०१५ नम्बरको बोलेरोबाट गाँजा बरामद गरेको हो।
बोलेरोका चालक चितवन राप्ती नगरपालिका ६ का २६ वर्षीय सञ्जय चौधरी र सोही ठाउँका ४८ वर्षीय लालजी साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ असार २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ