दाङ । बुधबार राति घर भत्किँदा दाङमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका १७ निवासी आशाराम चौधरीको टिनले छाएको २ कोठे घरको भित्ता भत्किँदा उनकी ३ महिनाकी छोरी बिन्दुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनामा परि आशारामकी श्रीमती ३० वर्षीय मनिशा चौधरी र ९ वर्षिया छोरी बाटुली घाइते भएका छन्। घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ असार २०७८, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु