दाङ । बुधबार राति घर भत्किँदा दाङमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका १७ निवासी आशाराम चौधरीको टिनले छाएको २ कोठे घरको भित्ता भत्किँदा उनकी ३ महिनाकी छोरी बिन्दुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनामा परि आशारामकी श्रीमती ३० वर्षीय मनिशा चौधरी र ९ वर्षिया छोरी बाटुली घाइते भएका छन्। घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ असार २०७८, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु