भारतमा कोरोना : २४ घण्टामा लगभग ३४ हजार नयाँ संक्रमित थपिए

रासस

मंगलबार, २२ असार २०७८, ११ : ०४
भारतमा कोरोना : २४ घण्टामा लगभग ३४ हजार नयाँ संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा पछिल्लो एक दिनमा ३४ हजार ७ सय ३ कोरोना संक्रमित भेटिएका छन् । यो पछिल्लो १ सय ११ दिनमा संक्रमितको संख्या सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा करिब ५२ हजार संक्रमित निको भएका छन् ।

देशभरी हाल कूल सक्रिय संक्रमितको संख्या ४ लाख ६४ हजार ३ सय ५७ रहेको छ । भारतमा निको हुनेको दर पनि बढेर ९७.१७ पुगेको छ ।

भारतमा हालसम्म कूल ३५.७५ करोड भ्याक्सिनको डोज मानिसहरुलाई प्रदान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस