काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला त्यसलाई प्रभावित गर्न आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको टिप्पणी कांग्रेसको छ।
‘संवैधानिक इजलासले २८ असारमा संसद् विघटन मुद्दामा फैसला गर्दैछ। यस्तो बेला एक साता पनि नपर्खेर निर्वाचन आयोगले कार्यतालिका घोषणा गर्नु सन्देहपूर्ण छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको मनशाय निर्वाचनको तयारी अगाडि बढिसक्यो भनेर संवैधानिक इजलासलाई प्रभावित पार्ने पनि हो।’
संसदीय व्यवस्थामा राष्ट्रिय मान्यताप्राप्त दलसँग परामर्श गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने परम्पराविपरीत आयोगले बालुवाटारको प्रभावमा काम गरेको आरोप कांग्रेसले लगाएको छ। आयोगका अनुभवी पदाधिकारी बालुवाटारको प्रभावमा पर्नुभयो कि दबाब भन्ने प्रश्न गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘नत्र दलहरूसँग परामर्श गर्ने परम्पराविपरीत दलहरूलाई कुनै जानकारी नगराई किन कार्यतालिका सार्वजनिक गरियो ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असार २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
दर्ता भएका १२४ दलको सूची सार्वजनिक
दलको संख्या १२४, थप १७ पार्टी दर्ता प्रक्रियामा
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राजनीतिक दलद्वारा शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण
दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग