काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला त्यसलाई प्रभावित गर्न आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको टिप्पणी कांग्रेसको छ।
‘संवैधानिक इजलासले २८ असारमा संसद् विघटन मुद्दामा फैसला गर्दैछ। यस्तो बेला एक साता पनि नपर्खेर निर्वाचन आयोगले कार्यतालिका घोषणा गर्नु सन्देहपूर्ण छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको मनशाय निर्वाचनको तयारी अगाडि बढिसक्यो भनेर संवैधानिक इजलासलाई प्रभावित पार्ने पनि हो।’
संसदीय व्यवस्थामा राष्ट्रिय मान्यताप्राप्त दलसँग परामर्श गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने परम्पराविपरीत आयोगले बालुवाटारको प्रभावमा काम गरेको आरोप कांग्रेसले लगाएको छ। आयोगका अनुभवी पदाधिकारी बालुवाटारको प्रभावमा पर्नुभयो कि दबाब भन्ने प्रश्न गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘नत्र दलहरूसँग परामर्श गर्ने परम्पराविपरीत दलहरूलाई कुनै जानकारी नगराई किन कार्यतालिका सार्वजनिक गरियो ?’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ असार २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने