तिमीहरुको काम सकियो भनेपछि ...

सफल खबर संवाददाता

आइतबार, २० असार २०७८, २१ : २२
तिमीहरुको काम सकियो भनेपछि ...

काठमाडौं । लोभले लाभ लाभले विलाप भन्ने उखान नेपाली समाजमा लोकप्रिय रहेको छ । ठूलो भाग खान खड्ग ओलीको ओत लाग्न पुगेको पूर्व माओवादी नेताहरुको अवस्था पनि अहिले यस्तै भएको छ । ओलीले उनीहरुको  उपादेयता सकिएको घोषणा गरेपछि ठूलो भाग खोज्न पुगेका उनीहरु यतिबेला विलखबन्धमा परेका छन ।

 क्रान्तिबाट आएका भनिएका नेताहरु सिमित स्वार्थको पछाडि लागेर मन्त्री खान गएका थिए । माओवादी आन्दोलनबाट स्थापित भएको प्रचण्ड तथा त्यसका नेताहरुलाई गाली गर्दै भाग शान्ति जय नेपालमा रमाएका पूर्व माओवादीको एमालेभित्र उपादेयता सकिएको निष्कर्षमा ओली पुगेका छन् ।

त्यतिबेला माओवादीलाई देखाउन ओलीले उनीहरुलाई प्रयोग गरेका थिए । तर आज उपादेयता सकिएको छ । मानिसहरु भन्न थालेका छन् कि अब एमाले विशेष गरी ओली गुटमा उनीहरुको हैसियत पनि केही छैन, राजनीतिक व्यवहार र चिन्तन पनि केही बाँकी छैन ।

रमाइलो त के छ भने एमाले बन्छु भनेर ओलीको छहारीमा पुगेका उनीहरु अब लोकेन्द्र विष्टले जस्तै खेतीपाती गरेरै भएपनि बस्ने अवस्थामा पुगेका छन् । केही दिन पहिले एभरेष्ट होटलको माथिल्लो तल्लामा बसेका उनीहरुले ओलीले गरीखान दिँदैनन् । अब उनले कुनै अवसर पनि दिँदैनन्, बरु राजनीति छाडेर लोकेन्द्र विष्ट शैलीमा खेतीपाती गर्ने हो कि भन्ने अवस्थामा पुगेको भन्दै छलफल समेत गरेका थिए । 

 पटक पटक माओवादीले टोपबहादुर रायमाझीलाई मन्त्री बनायो । सांसद बनायो, अवसरै अवसर दियो । पार्टीमा अरु नेता तथा कार्यकर्ता रहेका भएपनि उनले त्यो अवसर पाए । तर , अन्तिममा जब जब समस्या देखा पर्न थाल्यो, नेतृत्वलाई गाली गरेर उनी ओलीको गुटमा सामेल भए । 

एकाध दिन ओलीको मन्त्रिपरिषदमा ऊर्जा मन्त्री पनि भए । तर आफूले भनेको कुनै पनि निर्णय गराउन सकेनन् । सामान्य एउटा नियुक्तिमा समेत ओलीका मानिसहरुले हस्तक्षेप गरे । मन्त्रीको सामान्य शिष्टाचार समेत राखेनन् । यतिबेला उनै रायमाझी ओलीले गरिखन दिएनन् भन्दै माओवादी नेतृत्वको सम्पर्क सुत्र खोज्न थालेका छन् । तर प्रचण्डले रुपमा रामबहादसर र टोपबहादुरलाई माओवादीमा नल्याउने र एमालेतिरै बस्न भनिदिएका छन् । 

 बुधबार बालुवाटारमा आयोजित ओली गुटको भेलामा सहभागाी भएपनि उनी निराश मुद्रामा थिए । त्यस्तै अवस्था थियो, रामबहादुर थापाको पनि । राष्ट्रियसभाको सदस्य माओवादीले बनाएकै थियो । अवसरै अवसर दिएको थियो । तर, उनी पनि एक थान गृहमन्त्री पद जोगाउन ओलीको गुटमा सामेल भएका थिए । बुधबारको बालुवाटारे बैठकमा असाध्यै अपहेलित रुपमा उनी उपस्थित भएका थिए । कहिल्यै पनि प्रष्ट व्यवहार नभएका थापाको बडील्याग्वेज पनि त्यस्तै असहज थियो । 

केही दिन पहिले बालुवाटार पुगेका माओवादी नेतालाई ओलीले कारिन्दाको शैलीमा हकारेर पठाएका थिए । उनले अब तिमीहरुको उपादेयता सकिएको भनेर स्पष्ट नभनेपनि भाग नखोज्न र जति दिइन्छ, त्यत्रिमा चित्त बुझाउन भनेका थिए । थापा, रायमाझीलगायतले एमालेको नाम फेर्न र जनताको बहुदलीय जनवादको सट्टामा नेकपाकालीन कार्यदिशा जनताको जनवाद राख्न भनेका थिए । शुरुमा सामान्य रुपमा उनीहरुको कुरा सुनेको ओलीले पार्टीको नाम फेर्ने र जनताको जनवादको कुरा गर्ने भए तिमीहरुको स्थान एमालेमा छैन, तिमीहरु गए हुन्छ समेत भनेका थिए । 

ओलीसँगको भेटमा सहभागी एक पूर्व माओवादी नेताका अनुसार ओलीले तिमीहरुको कुनै पनि कुराको सुनुवाई हुँदै भन्दै  के गर्ने हो विचार गर्न भनेका थिए । उनले एमालेमा भाग नखोज्न र चुपचाप बस्ने भएमात्रे स्थान भएको भन्दै पूर्व माओवादी नेताले राखेको प्रस्तावमा आपत्ति मात्रै जनाएनन्, खारेज नै गरिदिए । 

ओलीसँगको भेटवार्ता गतिलो नभएपछि निराश मुद्रामा निस्केका रायमाझीले लौ ओलीले बर्बाद पारे, सके भन्दै बालुवाटारको गेटमा नै खुइइय गरेका थिए । उनले प्रचण्ड नै ठिक भन्दै अब उतै फर्कने पो हो कि कमरेड भन्दै मणि थापाको मन जाँचन खोजेका थिए । 

थापा भने पछिल्ला दिनमा सरकारी सुविधा पाएका कारण आफू त्यो पक्षमा नभएको, ओलीसँगै बस्ने बताएका थिए । ओलीको प्रतापमा नै मणि थापाका आफन्तले एकाध स्थानमा जागिर पाएका छन् ।

 सोही कारण पनि मणि थापाको अनुराग खड्ग ओली गुटमा नै छन्  । बेला बेलामा सूर्य थापाहरुले मणिलाई बोलाएर चिया कफी समेत पिलाउने गरेका छन् । प्यूठानेको कुरा पनि भयो नी होइन कण, आजकल मणि थापाको लवज पनि यस्तै सुनिन थालेको टोपबहादुर पक्षले विश्लेषण गरेको छ । प्रभु साह त माओवादी नै फर्कने निष्कर्षमा पुगेका छन् ।

गौरीशंकर चौधरी, लेखराज भट्ट समेत निराश मुद्रामा लौ अब सकियो भन्दै हिडेको बताइन्छ । लेखराजका पिए रहेकाहरु समेत मूलघरमै रहेका कारण पनि अब लेखराज समेत माफी मागेर माओवादीमा सम्मलित हुने तयारी थालेका छन् । 

प्रतिक्रिया दिनुहोस