काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज अदालतमा बुझाएको छ ।
उच्च अदालत पाटनको फैसलाले १४ दिन कैद र रु ९२ लाख जरिवाना हुने ठहर भएर फरार हुँदै आएका मोरङ घर भई काठमाडौँको बालाजु बस्ने शक्ति भुजेललाई आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौँको बोहोराटारबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।
उनले विसं २०७६ मा विभिन्न व्यक्तिलाई अष्ट्रेलिया पठाइदिन्छु भनी रकम लिएको र पर्याप्त मौज्दात नहुँदानहँुदै पनि पीडितलाई चेक काटेर दिएका थिए । उनको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम सजाय हुने फैसला भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २० असार २०७८, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कीर्ते गरी नक्कली कागजात बनाउने गिरोह पक्राउ
जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ
खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ