चितवनका पाँच विद्यार्थी संगठनद्धारा सरकारविरुद्ध राँके जुलुससहित विरोध प्रर्दशन

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, २० : ४१
चितवनका पाँच विद्यार्थी संगठनद्धारा सरकारविरुद्ध राँके जुलुससहित विरोध प्रर्दशन

चितवन ।  पाँच दलीय विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् 

विपक्षी गठबन्धनसंग निकटका ५ विद्यार्थी संगठनहरुले चितवनको नारायणगढमा राँके जुलुससहित विरोध प्रर्दशन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनहरुले निरन्तर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ चितवनका सभापति सूर्य ढकालले एकपछि अर्को कुकर्ममा सक्रिय ओली प्रवृतिका कारण देश संकटमा परेकोले आफुहरु कोराना कहरका बाबजुत विरोधसहित कडा संघर्षमा निरन्तर लाग्ने बताए । 

यस्तै अखिल ९क्रान्तिकारी० चितवनका संयोजक अविनाश रम्तेल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष अनुज जोशीले प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छोड्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस