वासिङ्टन । अमेरिकामा एउटा भनाई चर्चित छ, जुन राष्ट्रपति चुनावमा पराजित हुन्छन्, उनीहरु नफर्किने गरेर चलेर जान्छन् । फर्केर पनि सत्ताको अनुहार उनीहरुले हेर्दैनन् ।’ तर, डोनाल्ड ट्रम्पको हकमा भने यो भनाई सार्थक नहुने देखिएको छ । ट्रम्पले पटक(पटक सन् २०२४ मा हुने राष्ट्रपतिय चुनावमा आफू रिपब्लिकन पार्टीबाट उम्मेदवार हुने बताउने गरेका छन् ।
शनिबार फ्लोरिडाको सरसोटामा ट्रम्पले ‘सेभ अमेरिका’ नामक र्याली आयोजना गर्दै शक्ति प्रदर्शनको तयारी गरेका छन् । पुनः राष्ट्रपतिमा उठ्ने उनको कसरतको रुपमा यो प्रदर्शनलाई हेरिएको छ ।
यो र्याली किनपनि महत्वपूर्ण छ भने, ४ जुलाईमा अमेरिकाको स्वतन्त्रता दिवस पनि मनाइन्छ । राजनीतिक विश्लेषक तथा रिपब्लिकन पार्टीका नेताहरुका अनुसार यो वर्षको ६ जनवरीपछि ट्रम्पको पहिलो ठूलो सम्बोधन हुनेछ ।
सन् २०२४ मा हुने चुनावको दाबेदारीको रुपमा यो र्याली महत्वपूर्ण हुने विश्लेषकले लिएका छन् । ट्रम्पका सहयोगी ज्यासन मिलरको नजरमा ट्रम्प एक नेता मात्र हैनन्, बरु उनी एउटा आन्दोलन हुन् । बाइडेन प्रशासनलाई खोप अभियान चलाउन ट्रम्प खाँचो पर्न सक्ने विश्लेषण उनको छ । किनभने, ट्रम्पका १७ प्रतिशत समर्थक खोप अभियानको विरुद्धमा छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ असार २०७८, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
ट्रम्प प्रशासनको सरकारी कार्यदक्षता विभाग छोड्ने मस्कको संकेत
ट्रम्पले रोके हार्वर्ड विश्वविद्यालयको २ अर्ब डलर रकम
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
ट्रम्पको नयाँ ट्यारिफ नीतिपछि विश्व शेयर बजारमा २०२० यताकै ठूलो गिरावट
२४ घण्टामै युक्रेन युद्ध सल्टाउँछु भनेर ठट्टामा भनेको थिएँ : ट्रम्प