वासिङ्टन । अमेरिकामा एउटा भनाई चर्चित छ, जुन राष्ट्रपति चुनावमा पराजित हुन्छन्, उनीहरु नफर्किने गरेर चलेर जान्छन् । फर्केर पनि सत्ताको अनुहार उनीहरुले हेर्दैनन् ।’ तर, डोनाल्ड ट्रम्पको हकमा भने यो भनाई सार्थक नहुने देखिएको छ । ट्रम्पले पटक(पटक सन् २०२४ मा हुने राष्ट्रपतिय चुनावमा आफू रिपब्लिकन पार्टीबाट उम्मेदवार हुने बताउने गरेका छन् ।
शनिबार फ्लोरिडाको सरसोटामा ट्रम्पले ‘सेभ अमेरिका’ नामक र्याली आयोजना गर्दै शक्ति प्रदर्शनको तयारी गरेका छन् । पुनः राष्ट्रपतिमा उठ्ने उनको कसरतको रुपमा यो प्रदर्शनलाई हेरिएको छ ।
यो र्याली किनपनि महत्वपूर्ण छ भने, ४ जुलाईमा अमेरिकाको स्वतन्त्रता दिवस पनि मनाइन्छ । राजनीतिक विश्लेषक तथा रिपब्लिकन पार्टीका नेताहरुका अनुसार यो वर्षको ६ जनवरीपछि ट्रम्पको पहिलो ठूलो सम्बोधन हुनेछ ।
सन् २०२४ मा हुने चुनावको दाबेदारीको रुपमा यो र्याली महत्वपूर्ण हुने विश्लेषकले लिएका छन् । ट्रम्पका सहयोगी ज्यासन मिलरको नजरमा ट्रम्प एक नेता मात्र हैनन्, बरु उनी एउटा आन्दोलन हुन् । बाइडेन प्रशासनलाई खोप अभियान चलाउन ट्रम्प खाँचो पर्न सक्ने विश्लेषण उनको छ । किनभने, ट्रम्पका १७ प्रतिशत समर्थक खोप अभियानको विरुद्धमा छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १९ असार २०७८, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प
ट्रम्पको ४८ घण्टे धम्कीमा इरानको प्रतिक्रिया : 'तिमीहरूका लागि नर्कको ढोका खुल्नेछ
अमेरिकी सेना इरान जाने सम्भावना छ: डोनाल्ड ट्रम्प
ट्रम्पको १०८ मिनेटको सम्बोधन : जितको दाबी, विवादको छायाँ