सप्तकोशी नदीको जलस्तर बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, २१ : ३७
सप्तकोशी नदीको जलस्तर बढ्यो, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह

काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीको जलस्तर बढेको छ । सुनसरी र सप्तरीको सीमा भएर बग्ने कोसी नदीमा सामान्यतया नदीको बहाबमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने भएपनि पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ ।

शुक्रबार साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाब मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् ।

कोशीको पछिल्लो मापन अनुसार नदीको बहाबमा निरन्तर वृद्धि भैरहेको छ । सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेपनि अहिले सम्म तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ ।

प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ । निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाब जुनकुनै बेला बढ्न सक्ने भएकोले स्थानिय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस