नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकियो

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १५ : १५
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकियो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक भोलि पुनः बस्नेछ ।

एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित आज केन्द्रीय कमिटीको १३ औं बैठक डाकेको थियो ।

यथास्थितिमा केन्द्रीय कमिटी बैठक डाकिएको भन्दै माधव नेपाल पक्ष भने सहभागी भएन । वामदेव गौतम भने उपस्थित भएका छन् ।

प्रतिक्रिया दिनुहोस